NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ दिल्लाथ्व द्वादशी - १२

परिचय

नेपालमा चिठ्ठीपत्र मार्फत खबर, सूचना र समाचार आदान प्रदान गर्ने उद्देश्यले तत्कालीन राणा प्रधानमन्त्री रणोद्दिप सिंहको पालामा वि.सं. १९३५ मा नेपाल हुलाक घरको स्थापना भई हुलाक सेवाको प्रारम्भ भएको पाइन्छ । हुलाक सेवालाई नेपालमा थप व्यवस्थित, प्रभावकारी र जनमुखी बनाउन वि.सं. २०१९ मा हुलाक सेवा ऐन तथा नियमावली आएपछि हुलाक सेवाको समुचित व्यवस्थापन गर्दै आएको छ। जसअनुसार कास्की जिल्लाका नागरीकहरु लाई चिठ्ठीपत्र आदानप्रदान गर्न सहजता ल्याउन तत्कालीन समयमा पश्चिमाञ्चल क्षेत्रीय हुलाक को नाममा यो कार्यालय स्थापना भएको हो। नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, हुलाक सेवा विभाग अन्तर्गतको हुलाक निर्देशनालय संघीय कार्यालय हो। यो कार्यालय पोखरा महानगरपालिका वडा नं. ७ मा आफ्नै भवनमा अवस्थित छ ।

गण्डकी प्रदेशको राजधानी पोखरामा अवस्थित हुलाक निर्देशनालय पोखरा अन्तर्गत गण्डकी प्रदेशका १० जिल्ला हरुमा रहेका जिल्ला हुलाक कार्यालयहरु रहेका छन साथै कास्की जिल्लामा ४ वटा पालिका हुलाक कार्यालय, ३ वटा हुलाक काउन्टर, २२ वटा अतिरिक्त हुलाक कार्यालयहरु बाट हुलाक सेवा प्रबाह भैरहेको छ।

यस निर्देशनालयका मुख्य-मुख्य कार्यहरुः