पार्सल सेवा :

क) पुलिन्दा (Parcel) आन्तरीक दर्ता :

  • पुलिन्दा दर्ता - दर्ता काउन्टर कोठा नं.१०
  • दर्ताको लागी पेश गर्नुपर्ने कागजात/बस्तु - प्रेषक र प्रापकको स्पष्ट ठेगना खुल्ने गरी शिलबन्दी गरीएको पुलिन्दा (2 Kg वा सो भन्दा बढी तौल भएको मात्र तथा संस्थाको हकमा संस्थाको छापसहीतको पुलिन्दा )

ख) पुलिन्दा (आन्तरीक ) वितरण :

  • पुलिन्दा प्रप्त गर्ने कोठा - कोठा नं.8 डाकँ शाखा
  • पुलिन्दा प्रप्त गर्न पेश गर्नुपर्ने कागजात:-प्रापकको स्पष्ट परिचय खुल्ने कागजात, -पुलिन्दामा उल्लेखीत प्रापक स्वंयम उपस्थीत नभई आफ्नो प्रतिनिधिलाई पार्सल बुझिलिन पठाएको खण्डमा प्रापक तथा प्रतिनिधि दुबैको परिचय खुल्ने कागजात
  • Tracking Number

ग) पुलिन्दा (Parcel) बैदेशीक दर्ता :

हाललाई बिदेशमा पार्सल पठाउने सेवा उपलब्ध छैन ।

घ) पुलिन्दा बैदेशीक वितरण :

  • पार्साल लिने स्थान : कोठा नं.११ PARCEL शाखा, फोन नं.०६१-455886
  • पेश गर्नुपर्ने कागजातहरु : सेवाग्राहीको परिचयपत्रको प्रतिलिपी
  • सेवा प्राप्त गर्न लाग्ने दस्तुर :- हुलाक सेवा शुल्क तोकिए बमोजिम र भन्सार नियमानुसार प्रज्ञापनपत्रमा लेखीआए बमोजिम ।

ङ) साना प्याकेट वितरण :

  • साना प्याकेट लिने स्थान : कोठा नं.८ (क) फोन नं.061-455886
  • पेश गर्नुपर्ने कागजातहरु : सेवाग्राहीको परिचयपत्रको प्रतिलिपी
  • सेवा प्राप्त गर्न लाग्ने दस्तुर :-भन्सार नियमानुसार प्रज्ञापनपत्रमा लेखीआए बमोजिम ।